प्रस्तावित छत्रेश्वरी विमानस्थल सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजानीक

 

सल्यान २१ असोज/

छत्रेश्वरी गाँउपालिकाले आज एक कार्यक्रमको आयोजनागरी छत्रेश्वरी गाँउपालिका स्थित लेखपोखराको डाँडामा प्रस्ताव गरीएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ ।
कुल ८१४७१५१००। एकासि करोड लागत अनुमान गरीएको उक्त विमानस्थल वनाउदा धावन मार्गका लागी चाहीने जमिन ६३० मिटर प्रसस्त पुग्ने र केही जग्गा सार्वजानिक भएको र केही सामुदायिक वनको भएकोले प्रकृयाको हिसावले पनी सजिलो रहेको र प्राविधिक रुपमा चाहिने जमिन प्रसस्त रहेको प्राविधिक टोलिको प्रतिवेदनमा जनाइएको छ । भु वनावटको हिसावले पक्कि जमिन भएकोले ग्राउण्डका लागी प्रसस्त र राम्रो जमिन रहेको सार्वजानिक प्रतिवेदनमा जानकारी गराइएको छ ।
सल्यान र रोल्पा जिल्लाका पश्चिमी भोगका करीव ३ लाख पचास हजार जनसंख्यालाई लक्षित गरी अध्यन थालिएको विमानस्थलमा १९ सिटे टुईनेटर विमानहरु अवतरण गर्न सक्नेछन ।
छत्रेश्वरी गाँउपालिका अध्यक्ष शन्तोष केसी का अनुसार यो छत्रेश्वरी गाँउपालिकाको लागी त हुदै हो त्यति मात्र नभएर सिंगो सल्यानका लागी ड्रीम प्रोजेक्ट भएकाले ले अहिले नै लागत देखेर डराउनु पर्ने अवस्था नरहेको धारणा व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो हामी भन्दा कमजोर र सानो जमिन भएका स्थानमा विमानस्थल सुचारु भएका छन त्यसैले हाम्रो लागी यो अवसर पनी हो । सुरु सुरुमा धरैलाई सुन्दा अपत्यारीलो लाग्न सक्छ तर सवैको सहकार्य सहयोग ले यो सम्भावना पनी छ र वनाउनु पनी पर्दछ ।
छत्रेश्वरी गाँउपालिका वार्ड नं ५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड ईञ्जिजिनियर्सको टिमले अध्ययन प्रतिवेदन सार्वजानिक गरेकोे हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार