छत्रेश्वरीमा सडक मर्मत कार्य सुरु

नवीन पौडेल ,सल्यान
१४ भदौ /छत्रेश्वरी गाउँपालिका सल्यानले सडक बाटाहरुको मर्मत कार्य सुरु गरेको छ । वर्षात्को समयमा विग्रीएका प्रमुख तथा ग्रामीण बाटाहरुको मर्मत कार्य सुरु गर्न लागिएको हो ।
विशेष गरी वर्षातको समयमा खसेका पहिरा तथा खाल्टा खुल्टी पुर्ने काम सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतका ७ वटै वडामा विग्रेका ग्रामीण तथा प्रमुख सडकहरु दशैं अगाडी नै खुलाउने उद्देश्यले काम भइ राखेको गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी. ले जानकारी दिनुभयो । “हामीले काम सुरु गरिसक्यौं, घटस्थापना अघि नै सम्पूर्ण प्रमुख तथा ग्रामीण सडक बाटाहरु पूर्णरुपमा मर्मत गरिनेछ” अध्यक्ष के.सीले भन्नुभयो ।

विशेष गरी गाउँपालिका अन्तर्गत पर्ने लान्ती लेखपोखरा दहखोला, शंखमुल दारिमज्यूला जयचौर, मोखला दमाचौर झ्याम सडक संगै वडा नं. १ मा पर्ने १० वटा, वडा नं २ मा पर्ने ४ वटा, वडा नं. ३ मा पर्ने ५ वटा, वडा नं. ४ मा पर्ने ४ वटा, वडा नंं ५ मा पर्ने ८ वटा, वडा नं. ६ मा पर्ने ४ वटा र वडा नंं ७ मा पर्ने ४ वटा ग्रामीण सडक हरु डोजर लगाएर मर्मत कार्य सुरु गरिएको हो ।घटस्थापना अघि नै सम्पूर्ण सडकहरु मर्मत भई सडकहरुमा सहजै गाडी मोटर सुचारु भएपछि ती सडक प्रयोग कर्ता तथा आम स्थानीयवासीहरुलाई आवत जावतमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार