जनकल्यानको वार्षिकोत्सव सम्पन्न – पुस्तकालय र वेव साईट उद्घाटन

जनकल्यान नमुना मावि थारमारे सल्यानले आफनो ४४औ वार्षिकोत्सव भव्य रुपले सम्पन्न गरेको छ । ४४ वर्ष अघि पाठशालाको रुपमा स्थापित विद्यालय विस्तारै प्राथामिक तह नि.मा.वि. तह,मा.वि. तह हुदै क्याम्पस समेत संचालन गरेको विद्यालयले आफनो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न छ ।
वार्षिकोत्सवकै अवसर पारेर भुतपुर्व विद्यार्थी समाजको तर्फ वाट निर्माण गरीएकोे विद्यालयको वेवसाईट तथा रुम टु रीड तथा दलित विकास समाजको सहयोग तथा वागचौर नगरपालीकाको समन्वयमा स्थापना गरीएको जनकल्यान नमुना पुस्तकालयको वागचौर नगरपालीकाका प्रमुख लोकमान वुढाथोकीले उदघाटन गर्नु भएको थियो ।
स्थापना दिवसकै अवसरपारेर विद्यालयले आई ए सि एजि तर्फका विद्यार्थीले माटो विना नै तरकारी फलाउना सकिने एरोमेटीक प्रणालीको प्रर्दशन समेत गरेका थिए । सोही अवसर पारेर विद्यालयका प्रअ पुर्ण भण्डारीले वार्षिक रुपमा सम्पन्न आर्थिक तथा शैक्षिक क्रियाकलापको जानकारी समेत गराउनु भएको थियो ।


वार्षिकोत्सव समारोहमा नगर प्रमुख लोकमान वुढाथोकीले जनकल्यान नमुना माविको आफनै ईतिहास रहेको र यसका उत्पादन देश विदेश तथा राज्यका महत्वपुर्ण निकाय सम्म पुगेकाले यस विद्यालय लाई सम्वर्दन र प्रवर्दन गर्न सवै जना जुटनु पर्ने धारणा राख्नु भएको थियो । सोही अवसरमा विद्यालयले विभिन्न व्यक्ति हरु लाई सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार