समृद्ध पुस्तकालय समृद्ध समाज भन्ने मुल नारा सहति सल्यानमा पुस्तकालय दिवस मनाईएको छ । त्रिवेणि गाँउपालीका अन्र्तगतको नेपाल राष्ट्रिय माविको आयोजनामा ११ औ पुस्तकालय दिवस मनाईएको हो । सोही सन्दर्भ पारेर रुम टु रीड र दलित विकास समाज सल्यानको साझेदारीमा संचालित साक्षरता परीयोजनाले यसै हप्ता मात्र सल्यानका ३० वटा विद्यालयमा विद्यालय पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । पुस्तकालय दिवसको अवसरमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रेखमा विद्यालय पुस्तकालय स्थापना गरीएको हो ।
उक्त पुस्तकालय लाई गाँउपालीको अध्यक्ष मान वहादुर डाँगी रीवन काटेर उदघाटन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सवै जनाले १० मिनेट किताव पढेर कार्यक्रम लाई अझ आर्कषक वनाईएको थियो । उदघाटन समारोहमा गाँउपालीका अध्यक्ष डाँगीले नेपाल राष्ट्रिय माविले एउटा नमुना कामको सुरुवात गरेकोमा वधाई तथा शुभकामणा दिनुको साथ साथै स्थापना मात्र नभई प्रयोगको हिसावले पनी एक उत्कृष्ठ विद्यालय हुनेमा आफु विश्वस्त रहेको र गाँउपालीको को तर्फ वाट शिक्षामा सुधारका लागी सवै विद्यालय हरु लाई उच्च प्राथामिकतामा राखेर काम गरीने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा रुम टु रीड वाँके फिल्ड कार्यलयका कार्यक्रम व्यवस्थापक हेम लम्साल ले आफु एक वर्ष अभि आउदा र अहिले आउदाको परीवर्तन देखेर खुसी लागेको धारणा व्यक्त गर्नु भयो । साथ साथै पुस्तकहरु पुस्तकालयमा थन्काउने मात्र नभई प्रयोगका लागी भएकोले सवै लाई सहि प्रयोग गर्न तथा किताव हरु लिएर पढनाका लागी अनुरोध गर्नुु भयो ।
कार्यक्रममा त्रिवणि गाँउपालीका उपाध्यक्ष करुणा खडका ले किताव हरु पढनाका लागी भएकाले समय मिलाएर अध्ययन गर्न सवै लाई अनुरोध गर्नु भएको थियो । कार्यक्रममा रुम टु रीड सल्यानका कार्यक्रम अधिकृत वावुराम पोख्रल ,दलित विकास समाज सल्यानका साक्षरता सहजकर्ता द्रोण यरी लगाएतको सहभागीता रहेको थियो ।
पुस्तकालय दिवस लाई आगामी एक हप्ता सम्म सप्ताह व्यापि रुपमा मनाईने र सल्यान जिल्लाका ३० विद्यालयमा विद्यालय पुस्तकालय उदघाटनका लागी तयारी अवस्थामा रहेको रुम टु रीड सल्यान कार्यलयकाका कार्यक्र अधिकृत वावुराम पोख्रेल ले जानकारी गराउनु भएको छ