एसपि विष्टका छोरा द्धारा निर्मलाको हत्या अनुसन्धानमा सहयोग गर्न लिखित रुपमा नै प्रतिवद्धता

भाद्र ११/  निर्मला पन्त हत्या प्रकरणमा कञ्चनपुरका निलम्वित एसपि डिल्लीराज विष्टका छोराले लिखित रुपमै निर्मलाको वलात्कार पछि भएको हत्या प्रकरण लाई छानविनका लागी आफुले सहयोग गर्ने वताएका छन । पछिल्लो समय केही मान्छे हरुले सामाजिक संजाल र मिडीया प्रयोग गरेर मेरो वदनाम गर्ने प्रयास गरे त्यसले आफुलाई अत्यन्त मर्माहित वनाएको कुरा उक्त नोटमा उल्लेख गरेका छन । उनले आपनो हस्त लिखित नोट मार्फत हामीले कल्पना नै गर्न नसकिने निन्दनिय र घृणित कार्यको आरोपी भनेर जुन आरोप लगाईयो यसको छानविन गरी आफु माथी आरोप लाउने हरुलाई समेत कार्वाहीको दाएरमा ल्याउन सरकार समक्ष माग गरेका छन । उनले वुँदागत रुपमा पेश गरेको लिखित नोटमा निम्न कुरा हरु उल्लेख गरेका छन ।
१) श्रावन १० गते आफनो जन्म दिन भएको र सो दिन आफु दिनभरी फोटो सुट गर्ने कार्यमा व्यस्त भएको तथा वेलुका आफनै घरमा साथीहरु सँग जन्म दिन मनाएको कुरा अवगत गराउदछु ।
२) निर्मला पन्त वहिनीले न्याय पाउनु पर्दछ र अपराधिले सजाए, त्यसका लागी म अनुसन्धान टोली लाई अपराध अनुसन्धान प्रकृयामा सहयोग गर्न म सधै तयार छु र आफु निर्दाेश भएको प्रमाण पनी दिन सक्छु ।
३)वम दिदि वहिनी र मेयरको भतिजा भनीने व्यक्ति सँग चिनजान समेत नभएको ।
४)म एसपि विष्टको छोरा मात्र नभएर नेपालको सर्वसाधारण नागरीक पनी हु त्यसैले पेशागत कुरा लाई परीवार सँग नजोडन आग्रह गर्दछु ।
६)विना कारण सामाजिक र मानसिक यातना खेप्नु परेको,मेरो ईज्जत र करीयरमा दाग लगाउन खोजिएकोले आधिकारीकता पुष्टि नभई अफवाह फैलाउने सामाजिक संजाल प्रयोग कर्ता लाई छानविन गरी आवश्यक कार्वाही गर्न सरकार सँग माग गर्दछु ।
७) सत्य तथ्य नवुझि मेरो वारेमा समाचार नवनाउन संचार सम्वद्ध सवै मिडियालाई अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार