सांसद निरु पाल धम्की प्रकरण : ७५ जना नियन्त्रणमा

घटनामा संलग्नको खोजीका लागि सादा पोशाकका ८० प्रहरी परिचालन

अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हाे ।घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौंमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ ।यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका छन् ।घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बिहीबार आफैं महानगरीय प्रहरी वृत्त, वानेश्वर पुगेका छन् ।साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।अनलाईन खवरवाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार