युनियन हाईड्रोपावरले निकाल्यो सात लाख पचास हजार कित्ता साधारण शेयर

युनियन हाईड्रो पावर कम्पनी लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागी हकप्रद शेयर निष्कासन गरेको छ । लम्जुङ जिल्लाको करापुमा संचालन हुन लागेको ३ मेगावाटको करापु जलविद्युत आयोजना अन्र्तगत यो शेयर निष्काशन गरीएको हो । कम्पनीले हाल लाई जलविद्युत प्रभावित क्षेत्रका वासिन्दाका लागी भनेर प्रतिकित्ता एक सय रुपैयाँ अंकित सात लाख पचास हजार कित्ता शेयर निक्ष्काशन गर्न लागेको छ ।
यस आयोजनावाट प्रभावित मध्य नेपाल नगरपालीका वार्ड नं ८,९ र १० वेसिशहर नगरपालीका वार्ड नं ५ सुन्दर वजार नगरपालीका वार्ड नं ११ र कास्कि जिल्लाको रुपा गाँउपालीका वार्ड नं १ र लम्जुङ जिल्ला वासि हरुले लागी श्रावन १४ देखि २८ गते सम्म शेयर किन्न सकिने कम्पनीकी कार्यकारी सचिव प्रतिमा शाह ले जानकारी गराएकी छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार