सदन र सडकबाट एकसाथ सरकारमाथि दबाब बढाउने काँग्रेसको रणनीति, भोलि पनि संसद चल्न नदिने निर्णय

 

काठमाडौं– प्रमुख विपक्षी कांग्रेसले सरकारमाथि दबाब बनाउने आफ्नो रणनीतिलाई कायम राखेको छ । सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने काँग्रेसको पछिल्लो निर्णय गरेको छ ।काँग्रेसले भोलिबाट नै सडक आन्दोलन पनि शुरु गर्ने निर्णय यस अघि नै गरेको छ । सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको भोलिपल्ट कांग्रेसले सदन अवरोध जारी राख्ने निर्णय लिएको छ ।अर्थात सडक र सदन दुवैतिरबाट सरकारमाथि दबाब बनाउने विपक्षी काँग्रेसको योजना छ । उसले केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि लिएको छ । कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनरत डा.गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई थप दबाव दिने निर्णय लिएको छ । संसदको बैठक भोलिका लागि बोलाइएको छ ।-रातो पाटी वाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार