समयले हरेक मानवलाइ केही न केही सिकाएको र बुझाएको हुन्छ। जीवन बुझ्ने क्रममा हरेक मानवले सहि र गलतको पहिचान गरेको हुन्छ। सानो छँदा राम्रो गर्नुपर्छ , असल हुनुपर्छ , सबैको इज्जत गर्नुपर्छ भनेर जस्लेपनि सिकेको र राम्ररी बुझेको हुन्छ। नैतिक शिक्षाको ज्ञान त जनावरलेपनि लिएको हुन्छ, हामी त मानव हौ। जब म सानो थिएँ, गाउँको जन्म भएर होलाको म सबैसङ्ग बोल्ने अनि सबैलाइ आफ्नु मान्दै सम्मानको सहि अर्थ बुझ्न थालेँ। हाम्रो गाउँ बाक्लो थियो , सबै अर्यालहरुको बसोबास भाको ठाँउ हो किशनडोल जुन गाउँमा २०० जति परिवारको बसोबास छ। सायद म हरेक घरमा पुगेको छु अनि खाजा-खाना खाएर पारिवारिक वातावरण महशुस गर्ने मौका पाएको छु। त्यसैलेपनि होला आज बिदेशमा पनि मेरो छिमेकीसङ्ग सम्बन्ध राम्रो नै छ।
स्वदेशको जति गहिरो त व्यास्थताले गर्दा नि हुन सक्दैन तर आफ्नोपनको महशुस गर्ने मौका परदेशमा नि मिलेको नै छ। सानालाइ माया ठुलोलाई सम्मान गर्नुपर्छ भनेर सानोमा पढेकोनै हो, व्यावहामा उतारेकोपनि हो। अनि त्यसै बेला राम्रो नराम्रोको पहिचान गर्नपनि सिकियो र बुझियो। थाहा भयो कि समाजमा राम्रो-नराम्रो दुबै भेट्नु स्वाभाविक हो। कहिलेकाही सुनिन्थ्यो कि जस्तालाइ तेस्तै गर्नुपर्छ, एक किसिमले बुझ्दा ठिक हो जस्तो लाग्द्थ्यो। साथीभाइ सङ्गती सबैबाट राम्रो कुरा सिक्ने मौका मिलेकोपनि हो। मित्रताबाट सिकेको कुरा मध्य आत्मीयता, भरोसा , साथको महत्त्व , प्रोत्साहनको महत्त्व , बिश्वास , निस्वार्थ सहयोग आदि इत्यादि मलाइ जिन्दगीमा सधैं प्यारो लाग्छ।
परिचय जिवनको महत्त्वपूर्ण पक्ष हो, परिचय बिना हरेक मानव अधुरो र अपुरो हुन्छ। नाम हुनु र समाजले चिन्नु मात्र परिचय होइन होला जस्तो लाग्न थालेको केही बर्ष भो। यहाँ केहि मानव सत्कर्म गरेर जिवनमा इज्जत कमाउन लागेको देख्दा मलाइ उहाँहरुको मार्गमा हिंड्न मन लाग्छ, उहाँहरुको राम्रो पक्ष अङ्गालेर आफ्नु परिचय आफैं बनाउन प्रेरणा मिल्द्छ। पैसा हरेक मानवको आवश्यकता हो। , जरुरतमा पैसा चाहिन्छ भन्ने कुरा सानो बच्चालाइ नि थाहा हुन्छ। सबैलाइ थाहा छ पैसा कमाउन राम्रो नियत भएको सबै मानव , परिश्रमी हातहरुलाइ हृदयदेखि सम्मान गर्न नखोज्ने र गर्न नजान्नेलाइ तेति मन पराउँदिन म। सायद अरुको खुनपशिना चुस्ने र अरुको बलि चढाएर पैसा कमाउनु हुन्न भनेर जिवनमा धेरै सुनियो, पढियो अनि बुझियोपनि। आफुले सिकेको, भोगेको अनि बुझेको कुरालाइ सम्मान गर्ने मन यहाँ सबैलाइ हुन्छ ।
म नि आजकल सानो प्रयाश गर्दैछु , केही राम्रो अनि सफा आफुलाइ बनाउन। । जिवनमा मलाइ द्रव्य भन्दा इज्जत प्यारो लाग्छ तेसैले गलत नियत, गलत तरिका वा गलत नजर राखी पैसा कमाउनु हुन्न भन्ने कुरा बिदेश आउने बेला बुझेको हो। तेहि कुरालाइ निरन्तरता दिदै सुखी जीवन र खुशीयाली सङ्गाल्दै जीवन राम्रो चलेको छ । जीवन सन्तुष्ट छ, सरल छ र सप्पन्न छ। – अनुप राज अर्याल हाल : मेलबर्न , अष्ट्रेलिया