अनुप राज अर्याल /हाल अष्ट्रलिया-
हेर्दाहेर्दै भबिस्य निर्माणकोलागि परदेश पसेकोपनि ५ बर्ष हुन लागेछ। एउटा छुट्टै उत्साह र उमङ्ग बोकेर आएको थिएँ । धेरै दुख , सङ्गर्श र अभावमा जीवन बिताउन गाह्रो त अवश्य भएको थियो। नयाँ ठाँउ , नयाँ परिवेश र नयाँ समाजमा घुलमुल हुन गाह्रो त पक्कैपनि सबैलाइ हुन्छ।
म त गाउँमा जन्मेको परेर होला , अहिलेपनि राती सपनामा भिरपाखा देख्दा मन आनन्दित हुन्छ। बाल्यकालमा खोलामा माछा मार्न गाको, बाख्रालाई सेउला लिन गाको, असारमा खेतमा पानि थुन्न गाको, खेतमा काम गरेको, अनि मङ्सिरमा धान चुट्न पर्म गएको , खेत खनेको आदि इत्यादि याद हरुले सधैं मलाइ मेरो असली परिचय दिन्छ । अनि म गर्बसङ्ग भन्छु , म किसानको नाति हु ।
मैले सानैदेखि मेरो हजुरबुबाबाट धेरै कुरा सिक्ने मौका पाँए। जिवनमा इमान, धौर्यता र परिश्रम अत्यधिक चाहिने कुरा हो। जीवन सरल र सहज बनाउन आफ्नु बाटो आफैं बनाउनु पर्छ, कसैले गर्दिन्छु भन्दैमा अरुलाइ आँखा चिम्लेर विस्वास गर्नु हुन्न । मान्छेको सङ्ग्त गरेरमात्र मान्छेको वर्गीकरण गर्न सकिन्छ। अरुले फलानो एस्तो वा उस्तो भन्दैमा अरुको कुरा सुनेर मान्छे छान्ने काम बच्चादेखीनै गरिन र आजसम्म तेहि बानी येथावत छ।
किसानको नाति भएर पो हो कि अरुको ठग्ने र अरुलाइ लुट्न हुन्न भन्ने सानो बेला सिकेको कुरा आज सम्मपनि बिर्सेको छैन। साएद म मेरो पुर्वजलाई सम्मान पो गर्छु कि खै, येस्ता अरुलाइ ठग्ने र अरुलाइ लुट्न खोज्नेहरुबाट आफुलाइ तिनकोश पर राख्न रुचाउँछु। सपना देख्नु राम्रो हो, सपना चाहिँ आफ्नु बल , बुद्दी , क्षमता र आफ्नु हैसियत अनुसार देख्नुपर्छ भनेर हजुरआमाले म सानो हुँदा बेला बेला भन्नू हुन्थ्यो । त्यो याद अझै ताझा छ, र यो उपदेश आज आएर मेरो जीवन जिउने सहारा बनेको छ।
म हरेक दु:ख सामना गर्नपनि तयार छु, हरेक चुनौतीहरु स्वाकार्न तयार छु तर म आजकल नैतिक शिक्षा , मानवता र इमानदारीतालाइ महत्त्व दिन थालेको छु। किन हो थाहा छैन तर कहिलेकाहीँ लाग्छ कि मैले बच्चा बेलामा सिकेको, पढ्दापढ्दै बुझेको र सिकेको कुराहरुको महत्त्व बुझ्न थालेकोछु। म समाज पुरै सुधार्न त पक्कै सक्दिन होला तर हरेक बालबालिकाले नैतिक शिक्षालाई बिर्सेर बाटो बिराको अनि जीवन असहज बनाको देख्दा अलि खल्लो चाहिँ लाग्छ।
मैले कति कमाए अनि मैले के प्रगती गरे भनेर धेरै चासो लिनेहरुलाइ भन्न चाहन्छु कि जे कमाए इमानदार भै परिश्रम गरि कमाए , जति प्रगती र उन्नति गर्दैछु यसमा म र मेरो जिवनसाथि दुबै अत्यन्त खुशी छौँ । कमाउनु र रमाउनु मात्र जीवन हैन , जिवनमा अस्तित्वपनि चाहिँदो रहेछ। म आजकल त्याहि अस्तित्वको खोजीमा छु, सुनौलो भविस्य बनाइ आफ्नु आत्मसम्मान उच्च बनाउन चाहन्छु। समय जस्तो होस् , जस्तो दु:ख आवोस , जिवनले जस्तो सुकै परिक्षा लियोस म आत्तिने छैन। म निश्चल ,शान्त , स्वास्थ र सफा जीवन जीउँने छु । सङ्गत गर्नेले गरुन राम्राको सङ्गत गर्नेछु, नराम्राहरुबाट आफुलाइ टाढा राख्नेछु। आफुले सकेको सहयोग , साथ र आफुभित्रको ज्ञान बाँट्दै जानेछु निस्वार्थ र निश्चल मन लिइ।
जिन्दगी पर्देशमा खुशी र दु:ख दुबै सङ्गाल्दै इमान र आत्मसम्मानलाइ कायम गर्दै राम्रो चलेको छ। मेरो सम्पुर्ण साथीहरु, परिवार र सबै आफन्तलाइ न्यानो माया र सम्झना । दु:खको दिनमा मलाई विश्वास गरि मेरो उज्ज्वल भविस्य निर्माणमा सहयोग र साथ दिनुहुने सबैलाइ ह्र्दयदेखि सधैं सम्मान गर्दै जानेछु।