सल्यानको वागचौर नगरपालीकाका मेयर लोकमान वुढाथोकीले प्राप्त गरेको भत्ता नगर सभा कै दिन सार्वजानीक गरेका छन । मेयर वुढाथोकीले आफुले प्राप्त गरेको जम्मा १६३५७०। अक्षेरुपि एकलाख त्रिसठी हजार पाँच सय सत्तरी रुपैया सार्वजानीक गरेका हुन । त्यस मध्य नगरपालीकाकै वैठक तथा अन्य कार्यक्रम वाट प्राप्त ९६५०० तथा विभिन्न संघ संस्था जिल्ला र प्रदेश स्तरमा प्राप्त ६६९७० रुपैयाँ सार्वजानीक गरेका छन । मेयर वुढाथोकीले नगरसभाकै सम्मुख पारेर आफनो फेसवुक स्टाटस मार्फत आफुले प्राप्त गरेको भत्ताको वारेमा जानकारी गराएका छन । चुनावका वेला आफुले जिते तलव नलिने घोषणा जनता सँग गरेको कुरा स्मरण गर्दे उनले भने तलव कति लिने भनेर अहिले सम्म प्रदेश सरकारले ऐन वनाएको छैन तर नगरपालीको मेयर हुदा मैले प्राप्त गर्ने तलव,भत्ता मैले आफनो कार्यकाल समाप्त भएपछि सवै सँग सल्लाह गरेर एक मुष्ठ रुपमा सामाजिक कार्यमा खर्च गर्ने छु ।
साथै मेयर वुढाथोकीले नगरसभा मार्फत नै सल्यान जिल्लामा स्थापना भएका सामुदयिक रेडियो हरु सँगको साझेदारीका गर्न आगामी वर्षका लागी एक एक लाख प्रदान गर्नेगरी कार्यक्रम ल्याएका छन । सामुदयिक रेडियो प्रशारक संघका ६ नं प्रदेश अध्यक्ष रमेश गौतमका अनुसार वागचौर नगरपालीकाको उक्त कार्यक्रम सकारात्मक र स्वागत योग्य रहेको छ । साथै यसलाई हामीले स्थानीय तह हरु विस्तारै संचार मैत्री वन्दै गएको उदाहरणका रुपमा लिनु पर्ने सामुदयिक रेडियो प्रशारक संघका ६ नं प्रदेश अध्यक्ष रमेश गौतमको धारणा रहेको छ ।
तस्विर- लोकमान वुढाथोकीको फेसवुक वाल वाट