सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।
सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक नि:शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।
लगभग ४० मिनेटको वार्तापछिसँगै खाना खाएर सम्झौता-पत्रमा हस्ताक्षर गर्नु पूर्व ट्रम्पले ‘बृहत् पत्र’मा हस्ताक्षर हुन लागेको बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता पछि ‘विशेष सम्बन्ध’ स्थापित भएको र यसले उत्तरसँगको अमेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने बताएका छन्।
हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं,’ ट्रम्पले भने, ‘यस उपलब्धीबाट विश्वका सबै मानिस धेरै खुशी हुने छन्।’ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिने बताएका छन्। ‘किम निकै प्रतिभाशाली रहेछन्,’ ट्रम्पले भने, ‘किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन्।’