वाढीवाट करौडौको क्षेती, निर्माणधिन वन्गाड खोलाको पुल वगायो

ईन्द्र वुढाथोकी/जेष्ठ २७ सल्यान ।

सल्यानको बनगााड कुपिण्डे नगरपालीकाको सल्लीवजारमा वाढि पसेको छ । राती ३ वजे वजारमा खोलो पस्दा स्थानीय व्यापारिको करडौंका सरसमान डुवेको छ । सल्लीवजारको गैलीवजारमा ४० घरमा वाढि पसेको छ भने माथिल्लो वजारमा पनि अधिकांस व्यापारिको गोदाम र पसलमा पानी पसेको छ । माथिल्लो वजारमा खहरेखोलाले शितली वि.कको घर वगाएको छ । मानवीय क्षेती नभए पनि स्थानीयको घरमा पानी पस्दा घरका सम्पुर्ण माल सामानमा क्षेती पुगेको छ । समान्य किराना पसल थोक तथा फुटकर पसलहरुमा पुर्ण रुपमा ठुलो क्षेती पुगेको प्रहरीको भनाई रहेको छ । खगेश्वर शर्माको पसल , दाङाली फोटो स्टुडियो, मनि फर्निचर, वेम्बो कटेज, पुर्णिमा होटल र बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगाएत ३ दर्जन पसलहरुको सम्पुर्ण समान केहि वगेको छ भने केहि समान भिजेको छ ।

छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलाको निमार्णधिन पक्ककी पुलको ढलानको सम्पुर्ण तयारी अवस्थामा रहेको पुल वगाएको छ । त्यसै गरि सल्लि चौहरजारि सडक खण्डको नाथेखोलाको निर्माणधिन पक्की पुललाइ समेत आसिक क्षेती पुगेको छ । छिन्चु जाजरकोट सडक खण्ड र रुकुम चौहरजारी सडक खण्डलाई अविरल परेको वर्षाले क्षेती पुर्याएको छ । ठेकेदारको लापरवाहिले समयमा काम नहुदाँ बन्गाड खोलाका निमार्णधिन पुलको सेटिङ समान वगाएको छ । पुलकै कारण सल्लि वजारमा ३ पटक खोला पसेको छ ।

पटक पटक वजारमा खोला पस्दा समेत कसैले क्षेतीपुर्ति नदिएको स्थानीय व्यापारिको दुखेसो छ । सवै भन्दा ठुलो क्षेती गैलीवजारमा भएको छ । गैलिवजारका अधिकांस व्यापारिहरुलाई यो सहित ३ पटक खोला पसेको छ । इप्रका सल्लीवजारले क्षेतीको लागत संकल गरिरहेको छ भने अधिकांस गैलीवजार वासि विस्थापित भएका छन् । साथै बनगाड जिउलामा रोपाइँको लागि तयार पारिएको सयौ रोपनी खेतमा लगाएको धानको व्याड् खोलाले पुरेर क्षेती पुगेको कारण रोपाइँमा गर्न समस्या हुने वडा न ५ का वडा सदस्य गोपि सुनारले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार