– अनुप राज अर्याल
जन्मिनु अगि आमाको कोखसङ्ग ९ महिना न्यानो सङ्ग्तीले नै मान्छेको जन्म हुन्छ । हरेक बालक जन्मने बित्तिकै अनेक सम्बन्धसङ्ग गासिएको हुन्छ। सङ्गत साथीभाइ मात्र हैन आफुले जिन्दगिमा भेट्ने सबैसङ्ग सबैले गरेको होइन्छ। हरेक मानवमा सङ्गत छान्ने अधिकार हुन्छ , सङ्ग्तले साधु वा चोर दुबै होइन्छ। सङ्गतले मान्छेमा कुनै न कुनै रुपमा असर पारेको हुन्छ। जस्तै मन्दिरमा जाने बानी हुनेलाइ भट्टीको गन्ध मन नपर्ला र भट्टीमा रमाउनेहरुलाइ मन्दिरमा बज्ने भजन प्रिय नलाग्ला। जहाँ मानवता आर्थिक स्वार्थमा लडिबुडि खेल्न थाल्छ , तेस्तो परिस्थितिमा कमजोरहरु सहनशिल र सजक हुनु आवश्यक छ । सहाराको आशमा हात अघि सार्नु अघि, आफुले गर्न लागेको सङ्गत कस्तो छ अनि त्यो सङ्गतले हित वा हानी गर्छ भन्ने जान्न छ इन्द्रियको प्रयोग आवश्यक छ । कुवामा धकेल्नेहरु नै यहाँ पानी बेच्न बसेका हुँदा रेछन , म चाहिँ कृतज्ञता व्यक्त गर्दै तारिफ गरिरहें ।
२०१३ साल मेलबर्न आउँने अगिल्लो दिन आफन्तले कोठा खोजेको ठाँउ कोठा मिलेन भन्दा, साथीको घरमा आइ सात दिन बसेर साथीले खोजेको कोठामा बस्दाको हर्सोउल्लास हिजो जस्तो लाग्छ। सुरुमा आउँदा केही कुरा थाहा थिएन , केही राम्ररी बुझेको थिइन , के जान्नु अनि बुझ्नु पर्छ थाहा थिएन । कुनै नेपाली कतै भेट्दा बोलु बोलु जस्तो लाग्थ्यो र बोलिन्थ्यो पनि। कोहि राम्ररी बोल्नु हुन्थ्यो निश्चल सहयोगको भावना लिइ , कोइ बोल्नु हुन्थ्यो आफ्नु व्यापारीक स्वार्थको लागि , कसै- कसैले त बोल्दा उनिहरुको महिना भरीको तलब मागेको जस्तो गर्नुहुन्थ्यो। कोहिले भरखरै आएको भनेर हेप्ने अनि यसलाई केही थाहा छैन भनेर ठग्नपनि खोज्दथे। सबै क्षेत्रमा सबै राम्रा मान्छेमात्र हुन्न , अरुको भोगाइ र भनाइको भरमा जिवनको निर्णय गर्दा अलिअलि दु:खपनि भोगियो। ज्ञान आर्जन गर्नलाइ संघर्षरत भाको पनि धेरै भयो । कति कुरा सिक्न नसकेर पछि पनि परियो । समयमा हरेक कुरा सिक्न पर्छ भन्ने दु:ख पाएपछि थाहा भयो। कति कुरा नबुझेर गल्तीपनि गरियो। कुनै कुरा नजान्नाले अरुको अगाडि लज्जितपनि महशुस गरियो। यहाँ धेरै कुरामा सजगता हुनु पर्ने कुरा केही साथीभाइबाट थाहा नभाको होईन, तर आफुलाइ नपरी सत्य पनि कथा लाग्दो रेछ।
समय बलवान छ भन्छन , समय सत्यवान छ भन्छन तर मलाइ यो कुरा बुझ्न अलि धेरै समय पो लागेको हो कि। राम्रो र सत्यवान मानिसहरु भेट्न अलि समय लागेको महशुस भयो। तर जसोतसो संघर्षबाट पार हुँदै गइयो जुन शिलशिला आजसम्म येथावत छ। विद्यार्थी जीवन अलि पीडित थियो। पढाई र काम बिच चाप थियो। तैपनी फुर्सदको समयमा केही सिक्ने गरेको पनि हो। आफुलाइ निखार्दै लाने प्रयास पनि गरेको नै हो। पढाईमा खासै राम्रो श्रेणी ल्याउन नसकेपनी आफ्नु व्याबहारलाइ मिलाइ सुखको खोजीमा आफुलाइ खुशी बनाउन पछि चाहिँ अलि परिएन। पछि परियो त अलि अलि सफल हुन, पछि परियो त भबिस्यको योजना गर्न।
आज बिगतलाइ फर्केर हेर्दा , मैले के के बुझ्न सकेको रहेनछु भन्ने छर्लङ्ग हुन्छ। केही कुरा नबुझेर दु:ख पाएको याद अझै ताजा छ, केही कुरा गलत बुझेर गरेको गल्तीको पिडा अहिलेपनि महशुस गर्द्छु। जिवनमा हरेक कुरा पैसा हुन्न, व्याक्तिगत आत्मसम्मान र आत्मसन्तुष्टि पनि हुन्छ। म आफ्नो आवश्यकता अनुसार कमाइमा विश्वास गर्द्छु, अनि मेरो लागि मानवता, ईमानदारिता र नैतिकता महत्त्वपूर्ण छ। म यी तीन कुराको भित्रबाट सम्मान गर्द्छु।
मलाइ प्रख्यात हुनु र आफुलाइ धेरै माझ चिनाउनु भन्दापनि मेरो सोच र बिचारलाई मेरो उमेरभन्दा सानो सबैले बुझी जीवन सफलपुर्वक बिताउन भन्ने हो। मैले जे कुरा नबुझेर दु:ख पाए, त्यो कसैले नपाउन। मैले जे गल्ती गरें ,त्यो कसैले नगरुन भन्ने हो। म अरुले गरेको मूल्याकंनमा भन्दा अरुको साथको अपेक्षामा विश्वास गर्द्छु।
समाज राम्रो होस् अनि कसैले दु:ख नदिउन र कसैले दु:ख नपाउन भन्ने आश राख्द्छु। म राम्रोलाइ राम्रो अनि नराम्रोलाइ अलि पर राख्न रुचाउछु। सके कसैलाइ सुधार्न प्रयाश तर गरिन्छ तर सुतेको नाटक गर्नेलाइ उठाउने चाहिँ कसरी ! समय यसरी चल्दै जान्छ , म आफ्नु जिवनमा आफुलाइ निखार्दै जानेछु। मेरो जीवन, मेरै दायित्व !!!!