सल्यानमा पर्यटन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया हुने

 


सल्यान, वैशाख २६ गते । सल्यान जिल्लाको पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम छायाँक्षेत्र मन्दिरमा विहिवार हुने भएको छ ।
नेपाल पत्रकार महासंघ सल्यान शाखाको आयोजना तथा छत्रेश्वरी गाउँपालिकाको समन्वयमा पर्यटन संरक्षण, सम्वद्र्धन र प्रर्वद्धनमा सहयोग पु¥याउने गरी उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जिल्ला शाखा अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिनु भयो । उहाले भन्नु भयो – जिल्लामा भएका पर्यटिकय क्षेत्रको विकास लागि सरोकारवाला निकाय भूमिका विषयमा वहश सृजन ागर्न अन्तरक्रिया आयोजना गरिएको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका सासद गुलाव जंग शाह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल ,कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, गाउँ तथा नगरपालिकाका प्रमुखहरु एवम् सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रममा सहभागि हुने जनाइएको छ ।


छायाँक्षेत्र सतिपिठमा पर्यटन प्रर्वद्धनका लागि कार्यक्रम आयोजना हुनु खुसीको कुरा भएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले वताउनु भयो ।
यसै विच नेपाल पत्रकार महासंघ कर्णा्लि प्रदेशको नव निर्वा्चित कार्यसमितीका पदाधिकारी र सदस्यहरु विच परिचयात्मक समेत आयोजना गरिएको छ । यही बैशाख १२ गते दुर्गा थापा नेतृत्वको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति निर्विरोध निर्वाचित भएको थियो । २१ सदस्यीय कर्णाली प्रदेश पत्रकार महासंघको प्रदेश कार्य समितिको पहिलो वैठक खैरावाङ्ग मन्दिरमा वस्ने कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार