खैरावाङ भगवति मन्दिरको आयव्यय सार्वजानीक, जय सल्यान अभियानको पहिलो वैठक खैरावाङमा वस्ने

सल्यान/ खैरावाङ भगवतती मन्दिर व्यवस्थापन समिती ले आज मन्दिर परीशरमा एक कार्यक्रमको आयोजना गरी वार्षिक आय व्यय सहित सार्वजानीक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शारदा नगरपालीका वार्ड नं ११ हिवल्चा खैरावाङमा अवस्थित भुवनेश्वरी मन्दिर कर्णाली प्रदेशको एक प्रमुख धार्मीक स्थलका रुपमा परीचित छ ।

कार्यक्रम लाई शारदा नगरपालीकाका मेयर शुरेश अधिकारी,उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर चलाउने लगाएतले सम्वोधन गर्नुभएको थियो । सर्वसाधारण तथा सल्यान जिल्लामा अवस्थित अन्य सरोकारवाला निकायहरु लाई वोलायर खैरावाङ भगवति मन्दिर व्यवस्थापन समितीले वर्षभरी भएको आम्दानी तथा खर्च सार्वजानीक गरेको हो । कुल आम्दानी करीव ४४ लाख मध्य खर्च कटाएर नेपाल वैङक लिमिटेड सल्यान शाखामा मौज्दात ५६,४६६जनता वैङक लिमिटेड सल्यान शाखामा जम्मा मौज्दात आम्दानी, १३,०२४९५, रहेको समितीका कोषाध्यक्ष धिरज रावतले जानकारी गराउनु भएको छ ।

यसै विच जय सल्यान अभियानले २०७५ लाई सल्यान भ्रमण वर्षको रुपमा मनाउने र सल्यान लाई विश्वमाझ चिनाउने उदेश्यका साथ नयाँ वर्षको दिन अभियानको पहिलो वैठक तथा कार्यक्रम सार्वजानीक गर्ने उदेश्यले वैषाख १ गते खैरावाङ भगवति मन्दिर परीषरमा वैठक तथा अभियानको टिम सार्वजानीक गर्ने कार्यक्रम रहेको अभियानका अभियान्ता धुर्वराज वलीले जानकारी गराउनु भएको छ । फोटो -नविन पौडेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार