पि उपाध्याय सल्यान/ जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरिप्रकाश बुढाथोकीले जिल्लामा स्थानिय निकायले कृषि शिक्षा स्वास्थ्य र बिपत ब्यवस्थापनका सवाल समाधानका लागि बिनियम बनाउनु पर्नेमा जोड दिनु भएको छ ।जिल्लामा शिक्षा ,कृषि,स्वास्थ्य र बिपत ब्यवस्थापनका बिषयमा स्थानिय तहमै समाधान गर्न सकिने भएपनि नीति नभएका कारणले जनप्रतिनिधिहरुलाई स्थानिय निकायमा काम गर्न समस्या भएकोले बिनियम बनाउनु पर्नेमा जोड दिनु भएको हो । उहाले भन्नु भयो स्थानिय निकायमा बिनियम बनाउनका लागि छिटै जिल्ला सभा मार्फत शिक्षा ,कृषि,स्वास्थ्य र बिपत ब्यवस्थापनका बिषयमा सम्बोधन गर्नका लागि प्रदेश सभामा नीति नियम बनाउनका लागि सिफारि गर्ने बताउनु भयो ।
हरप्लेस सल्यानले आयोजना गरेको साझा सवाल कार्यक्रममा उहाले भन्नु भयो स्थानिय तहमा अधिकार पुगेपनि अधिकार प्रयोग गर्ने सवालमा जनप्रतिनिधिहरु पछाडी परेका बताउनु भयो । उहाले स्थानिय तहमा चुनिएका जनप्रतिनिधिहरुले सामान्य बिषयबस्तुहरुलाई लिएर माथिल्लो निकानयमा गुहार्नु परेकाले उनीहरुले आफ्नो अधिकार प्रयोग गर्न नसकेकाले त्यसको प्रभाव जनतामा परेको बताउनु भयो । कार्यक्रममा शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेतले नगर भित्र मनोसामाजीक परामर्श केन्द्र स्थापनामा जोड दिदै त्यसका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो, मानसिक बिरामिहरु नगरभित्र धेरै रहेकाले उनीहरुलाई उचीत परामर्श दिएर स्वस्थ बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा सरकारी तथा गैर सरकार निशकायका प्रमुख तथा प्रतिनिधि ,पत्रकार लगायत सर्बसाधारणको पनि उपस्थिति रहेको थियो ।