काठमाण्डौ/ निर्वाचन पर्यवेक्षणका समयमा नेपाल आएको युरोपियन युनियनले जारी गरेको प्रतिवेदन प्रतिवेदनमा प्रेश काउन्सिलको वारेमा गरीएको टिप्पनी प्रति प्रेश काउन्सिल नेपालले आपत्ति जनाएको छ । युरोपियन युनियनले प्रेश काउन्सिलको गठन विधी, कार्य क्षेत्र, भुमीका र प्रभावक्षेत्रको वस्तुगत विश्लेशन र तथ्यपरक जानकारी नै नराखी सतही रुपमा गरीएको टिप्पनी भन्दै खेद प्रकट गरेको छ ।
प्रेश काउन्सिल द्धारा जारी विज्ञप्तिमा भनीएको छ, वहुदलिय र खुल्ला समाजमा व्यक्तिका आआफनै वैचारीक आस्था हुन्छन र यसलाई व्यक्त गर्ने दुर्लभ अवसर सवै सँग हुन्छ । तर युरोपियन युनीयनको उपरोक्त प्रतिवेदनमा व्यक्तिको यसखाले न्यायिक र नैसर्गिक अधिकार लाई सामान्य रुपमा समेत ख्याल गरेको पाईएना र अतिरञ्जित हिसावले आधारहिन टिप्पनी गरेको पाईयो । प्रेश काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ द्धारा जारी प्रतिवेदनमा अगाडी भनिएको छ संघिय संरचनाको पहिलो प्रयोग गर्दे रहेको नेपाल राष्ट र यसका अविभाज्य नियामक निकाय हरुमाथी गरीएको यसखाले गैरजिम्मेवार टिप्प्नी प्रति प्रेश काउन्सिल नेपाल आपत्ति प्रकट गर्दछ ।