मिडियामा वढेको विदेशी लगानी प्रति थापाको गम्भिर चासो

काठमाण्डौ/ मिडीयामा हाउसमा वढेको विदेशी लगानी र राष्ट्रियता माथी देखिएको गम्भिर संकट प्रति राप्रपा अध्यक्ष कमल थापा ले गम्भिर चासो र चिन्ता व्यक्त गरेका छन । पत्रकार हरु स्वतन्त्र छन तर मिडिया हाउस हरु स्वतन्त्र छैनन सवै भन्दा दुर्भाग्य भनेकै यही हो । मिडिया नेपालले आयोजना गरेको दोश्रो वार्षिकोत्सव कार्यक्रमको अवसरमा उक्त कुरा व्यक्त गरेका हुन ।
आज आयोजित वार्षिकोत्सव कार्यक्रममा वोल्ने वक्ताहरुले पत्रकारीता र मिडिया संचालनमा रहेका चुनौती हरु लाई सवैले थाहा पाए पनी ति चुनौती हरुको समाधान र पत्रकारको सवै खाले सुविधा प्रति सचेत नभएको गुणासो व्यक्त गरेका छन । कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रलले पत्रकार हरु माथी वढदै गएको सुरक्षा चुनौती सँगै उनी हरु माथीको आत्मसम्मान प्रति राज्य उदासिन भएको धारणा व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो सयुक्त राष्ट्र संघले नै प्रेश स्वतन्त्रताको वारेमा ग्यारेन्टी गरेकाले सरकार त्यस तर्फ उदासिन हुनु गम्भिर विषय भएको वताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष माधव नेपाल, नेपाल प्रेस युनियनका उपाध्यक्ष दीपक आचार्य, ब्रोडकाष्टिङ एशोशिएशन नेपालका अध्यक्ष गोपाल झा, मिडिया नेपालका सदस्य हेमबाबु लेखकलगायतले मुलुकमा साना लगानीका सञ्चारगृहलाई संरक्षण गर्न सरकारले सन्तुलित रुपमा विज्ञापन उपलब्ध गराउनुपर्ने र त्यसका लागि विज्ञापन प्राधिकरण गठन गर्नुपर्ने माग गर्नुभयो ।
मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले देशमा सञ्चारकर्म भौतिक र पेशागत रुपमा असुरक्षित रहेको र अव्यवस्थित भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार