काठमाडौं– चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे । ‘विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ । आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’
अहिले घटनास्थलमा नेपाली सेवा, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै उपत्यकामा उपलब्ध सबै एम्बुलेन्स आगलागी नियन्त्रणका लागि खटिएका छन् । एयरपोर्टमा अवतरणका लागी आएका विमान हरु दिल्ली र लखनउ डाईभर्ड गरीएको छ ।