काठमाण्डौ/विगत केही वर्ष पहिले देखि हाईड्रो पवार कम्पनीमा आदद्ध भएर काम सुरु गरेकी प्रतिमा शाह एक कुशल व्यवस्थापक सँगै कुशल हाईड्रो प्रर्वदकको रुपमा पनी चिनिन्छिन । उमेर ले सानै भएपनी ठुलो जिम्मेवारी पुरा गर्न ठुलो उमेर हुनुपर्छ भन्ने सामाजिक मान्यतालाई तोडन सक्ने प्रतिमा गतिलो उदाहरण हुन । उमेर सानै भएपनी हाईड्रो पावर जस्तो ठुलो विषयमा लागी परेर सफलता समेत हासिल गर्देछन ।
प्रतिमा शाह महिला उद्यमीहरुका लागी एक सफल उदाहरण पनी हुन ।
७ वर्ष अघि युनियन हाईड्रो पावरमा आवद्ध भएकी शाह आयोजनाको लाईसेन्स लिने देखि आयोजना सम्पन्न हुदा सम्मका विभिन्न प्रकृयाहरुमा नियमित लागी पर्ने भएकले उनी एक सफल र प्रतिवद्ध महिला व्यवसायीको रुपमा देखा परेकी छन । महिला भएकै कारण काम गर्न केही गाह्रो नहुने वताउने शाह अगाडी थप्छिन कहिलेकाही गाह्रो वनाउने त पुरुष र महिला भित्र हुने सोच हो । जसले सवै लाई अप्ठयारो वनाउदछ । काम लाई भगवानको रुपमा लिने शाह भन्छिन कुनै पनी काम प्रति को प्रतिवद्धता,मेहनत नै मान्छेको सफलताको कडी हो । कहिलेकाही काम गर्दा आई पर्ने अप्ठयारा लाई छलफल समन्वय मार्फत समाधान गर्न सजिलो हुने गर्दछ । तपाईको सफलता तपाईको काम गर्ने रुचिमा पनी भर पर्दछ । महिला हरुका लागी प्रेणा शाह भन्छिन वरु राज्य र संविधान ले महिला हरुलाई दिएका सुविधा प्रयोग गर्दे अगाडी वढनु हाम्रा लागी अवसर पनी हो ।
युनियन हाईड्रो पावरकी कार्यकारी सचिव समेत रहेकी शाह लम्जुङको को मिदिम खोला रहेको युनियन करापु जलविद्युत आयोजनाको एक प्रर्वदक पनी हुन । महिला भएकै कारण पछि पर्नु पर्ने र हिनता वोध गर्नु हुदैन । महिला हरु अरुको भर नपरी आफै लागी पर्नु पर्ने वताउने उनी नयाँ आयोजनाको प्रर्वदन गर्दे जाने योजना उनको रहेको छ ।