आगलागी वाट क्षति भएका परीवारलाई गाँउपालीकाको नगद सहयोग

सल्यानको क्षत्रेश्वरी गाँउपालीका वार्ड नं ७ साङकोटमा हिजो भएको आगलागी वाट क्षति भएका परीवार लाई क्षत्रेश्वरी गाँउपालीकाले नगद सहयोग प्रदान गरेको छ ।
हिजो दिउसो जंगलतिरवाट फैलिएको आगो गाँउमा पसि स्थानीय वासिन्दाका १६ घर,गोठ तथा पशु चौपाय गरी लाखौ रुपैया वरावरको धनमाल क्षति भएको छ । घर गोठ जलेका १३ घरधुरी लाई आज क्षत्रेश्वरी गाँउपालीका प्रमुख शन्तोष केसी तथा उपाध्यक्ष सीता केसी पुगेर प्रति परीवार ४ हजारका दरले राहत हस्तान्तरण गर्नुभएको छ । त्यस्तै रेडक्रस सल्यानले राहत सामाग्री हस्तान्तरण गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार