सपथमा संसदको नयाँ प्रस्ताव,भ्रष्टाचार गरेर खानु अामाको रगत खानु सरह; सांसद राजेन्द्र लिङ्देन

प्रतिनिधिसभा सदस्यमा झापा ३ बाट निर्वाचित राप्रपाका महामन्त्री सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु अामाको रगत खानु सरह मानेर काम गर्छु भन्ने वाक्यांश सपथमा थप गरेका छन् । संसद सचिवालयले उपलब्ध गराएको सपथ ग्रहणको मस्यौदामा झापा ३ बाट निर्वाचित लिङ्देलले उक्त वाक्यांश थप गरेका हुन् । सपथ ग्रहणको मस्यौदामा नै उक्त वाक्यांश थपको माग समेत सांसद लिङ्देलले गर्दैआएका थिए cतर सचिवालयले भने उक्त वाक्यांश थप गरेन ।
आज संघीय संसदमा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएकाहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा लिङ्देलले उक्त वाक्यांशलाई पनि आफुले सपथकै रूपमा लिएको हुँदा सचिवालयले दिएको सपथ ग्रहणको मस्यौदासंगै संलग्न गरेको बताएका छ्न । संसदमा उनी नयाँ पुस्ताका आस लाग्दा संसदको रुपमा चिनिन्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार