नेपाल कम्युनिष्ट पार्टीको आक्रमणको डरले सलमानको नेपाल भ्रमण् रद्ध

 

 

 

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो ।

टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार