६ नं प्रदेश समृद्धीको मुल आधार जलविद्युत – ज्वाला

सल्यान/प्रदेश नं ६ का आर्थिक मामीला तथा योजना मन्त्रि प्रकाश ज्वालाले ६ नं प्रदेश विकासका हिसावले देशकै नमुना र समृद्ध प्रदेश हुने धारणा व्यक्त गर्नु भएको छ । मन्त्रि भई सकेपछि पहिलोपटक गृहजिल्ला सल्यान आईपुग्नु भएका ज्वालाले नेपाल पत्रकार महासंघ सल्यान शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा वताउनु भएको हो ।
भेटघाटका लागी सल्यान आएका ज्वालाले पत्रकार सम्मेलन मार्फत पत्रकार हरु लाई सल्यान मात्र नभएर सिंगो ६ नं प्रदेश कसरी समृद्ध वनाउन सकिन्छ त्यस वारेमा आफुलाई सल्लाह सुझाव दिन आग्रह गरेका हुन । तपाई हरु पत्रकार मात्र हैन समाजको एैना हो अनी मेरो सल्लाहकार पनी हो त्यसैले समृद्ध सल्यान र प्रदेशको समृद्धीको खाका तपाईहरुले पनी मलाई दिनुपर्छ भन्दै पत्रकार हरु लाई सहयोगका लागी अनुरोध गर्नु भयो ।
अर्काे एक प्रशंगमा मन्त्रि ज्वालाले ६ नं प्रदेशका निर्माणका लागी तयारी अवस्थामा रहेका गौरवका आयोजनाहरु नलसिंशगाड तथा अपर कर्णाली जलविद्युत आयोजना हरु निर्माणमा भईरहेको ढिलासुस्ति गर्न नहुने धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार