गुण्डा नाईके मनोज पुनको ईन्काउण्टरमा मृत्यु

रुपन्देहीः चर्चित गुण्डा नाइके मनोज पुन मगरमाथि प्रहरीले बुधबार बिहान इन्काउन्टर गर्यो । जहाँ प्रहरी इन्काउन्टरमा पुन र उनका सहयोगी सोम आले मारिए, त्यो स्थान भगवान गौतम बुद्धको मामली गाउँ देवदहका रुपमा परिचित छ ।

भैरहवाबाट करिब २८ किलोमिटर र बुटवलबाट करिब १७ किलोमिटर टाढाको देवदह नगरपालिका–४ भवानीपुरस्थित सानो पुलनजिकै बुधबार बिहान ३ बजेको आसपासमा कम्तिमा १० राउन्ड गोली चल्यो । जुनबेला स्थानीयबासी बिहानी प्रहरको निद्रामा मस्त थिए ।

गोली चलेपछि स्थानीयबासी ब्युँझिन पुगे । केही स्थानीयबासी गोली चलेको स्थानतर्फ जान पनि खोजे । तर ठुलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई घटनास्थलमा आउन रोक्यो भने अन्यलाई घरबाहिर ननिस्कन भन्यो ।

केही दिनअघि भारतको गोवामा पक्राउ गरिएको भनिएका पुनलाई उनको गाउँ नजिकै प्रहरीले इन्काउन्टर गरेको हो । घटनास्थलबाट ३ किलोमिटरको दुरीमा उनको घर छ । तर त्यहाँ उनका परिवारका कोही पनि बस्दैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार