गजल

पुर्ण भण्डारी “पंकज”

अचेल तिमी र जून उस्तैउस्तै लाग्छ ।

हल्दी,पितल र सुन उस्तैउस्तै लाग्छ ।।

जून अाकार बदल्छ र तिमी विचार ।

र त दाेष र गुण उस्तैउस्तै लाग्छ ।।

जून अाकाशमा छ र छाै धर्तीमा तिमी ।

तिम्राे खुसी र मनसुन उस्तैउस्तै लाग्छ ।।

चिन्न नसके रङ र ढङ्ग देखिन्छ उस्तै ।

हेर्नू कमेराे र चुन उस्तै उस्तै लाग्छ ।।

नबुझेसि पानी र खुन उस्तै उस्तै लाग्छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार