देउवाद्वारा राष्ट्रिय सभामा मनोनित सिटमा नाम सिफारिस

माघ २७, २०७४ –प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सभामा ३ जना सदस्यको नाम सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गर्ने तयारी गर्नु भएको छ । मन्त्रिपरिषदले नाम सिफारिस गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएसंगै गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताउनुभयो । संविधानको धारा ८६ को २ ख अनुसार सरकारले राष्ट्रिय सभामा ३ जना सदस्य मनोनीत गर्न पाउँछ । सरकारको यो मनोनयनसंगै राष्ट्रियसभाले पूर्णता पाउनेछ ।

यसैबीच राजपा र संघीय समाजवादी फोरमले भने प्रधानमन्त्रीको सिफारिसप्रति आपत्ति जनाएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले आफुखुशी नाम सिफारिस गरेको भन्दै आपत्ति जनाउनुभयो । राष्ट्रिय सभा चुनावमा यी दुबै दलसंग कंग्रेसले तालमेल गरेर मनोनीत एक सिट राजपा–फोरमलाई दिने सहमति गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार