काठमाडौं/ निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्यालाई आजै सम्बन्धित राजनीतिक दलहरूलाई पठाउनका लागि पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
आयोगको निर्णय अनुसार, ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्न सफल भएका छन् ।
तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४१, नेपाली कांग्रेस ४०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् ।
नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।
राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कम्तीमा १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ ।
दलहरुले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी ३ (तीन) भित्र अर्थात् माघ २७ गतेदेखि माघ २९ गते साँझ ५ बजे (कार्यालय समय) भित्र दलहरूले नामावली निर्वाचन आयोगमा पेश गर्नुपर्ने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहरुले बन्दसूची पेश गरेका थिए ।
बन्दसूची पेश गरेका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा प्राप्त गरेको कूल सदर मत ९५,४४,७७९ (पन्चान्नब्बे लाख चवालिस हजार सात सय उनासी) रहेको छ ।
सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ ।
सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ ।
तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)÷समाजवादी जनता पार्टी÷जनजागरण पार्टी, नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् ।
तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने ४४ वटा दलहरू रहेका छन् ।
– राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्पm निर्वाचित महिला सदस्य संख्याकोे आधारमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)÷समाजवादी जनता पार्टी÷जनजागरण पार्टी नेपालले कम्तीमा १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ ।
– निर्वाचन आयोगले २०७४ साल माघ २९ गते ५ः०० बजे (कार्यालय समय) भित्र प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गरेका ५ वटा राजनीतिक दललाई उम्मेदवारको नामावली विवरण पठाउन पत्राचार गरेको छ ।
उल्लिखित ५ वटा दलहरुले देहाय बमोजिम मत, मत प्रतिशत र सीटहरु प्राप्त गरेका छन् ।