एमाले प्रदेश सभाकोे संसदिय दलको नेतामा ओली समुहको बर्चश्व

काठमाण्डौ / राष्ट्रिय सभाको निर्वाचन पछि नेकपा एमाले संसदिय दलको नेता छान्न व्यस्त देखिन्छ । अहिले सम्म छानिएका संसदिय दलको नेता छान्न माधव नेपाल पक्ष र केपि ओली पक्ष विच केही ठाउमा सर्वसम्मत केही ठाउमा मत विभाजन सम्म गरेर दलको नेता छान्ने प्रकृया अगाड वढेको देखिन्छ । हाल सम्म दलको नेता चयन भईसकेका मध्य केपि ओली समुहले नै दलको नेतामा वाजी मारेको छ । प्रदेश १ मा  के.पि. ओली समुह वाट शेरधन राई र माधव नेपाल समुह वाट भिम आचार्य उम्मेद्धार भएका थिय ।दुवैको प्रतिष्प्रर्धा वाट केपि ओली निकट शेरधन राई संसदिय दलको नेता चयन भएका छन । दुवैजना गुटगत रुपमा नै दलको नेताको उम्मेद्धार भएका थिए । त्यसै गरी प्रदेश ३ मा के.पि. ओली समुहका डोरमनी पौडलले माधव नेपाल समुहकी अष्टलक्ष्मी शाक्य लाई १० मत अन्तरले हराएका छन ।शाक्य लाई हराउदै मकवानपुरका पौडेल दलको नेता चयन भएका छन । पौडेल ले ३४ र शाक्य ले ३४ मत पाएका थिए । त्यसैगरी प्रदेश नं ५ मा एमाले नेता शंकर पोख्रल सर्वसम्मत दलको नेता चयन भईसकेका छन । उनी केपि ओली का विश्वास पात्र समेत मानिन्छन । त्यसैगरी प्रदेश नं ६ मा पनी माधव नेपाल समुहका भनेर चिनिने एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वाला कै प्रस्तावमा केपि ओली समुहका भनेर चिनिने यमलाल कडेल सर्वसम्मत चयन भईसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार