चुडामणि शर्माको घर तोडफोड- पक्राउ परेका सवै ईटाभट्टाका वालवालीका

चुडमाणि शर्माको घरमा विप्लव माओवादीले तोडफोड गरेको छ । काठमाण्डौको वुढानिलकण्ठ स्थित घरमा नेकपा माओवादीका कार्यकर्ता हरुले आज तोडफोड गरेका हुन । तोडफोडमा संलग्न २७ जना पुरुष र १४ जना महिला गरी जम्मा ४१ जना लाई महानगरीय प्रहरी प्रभाग वुढानिकण्ठले पक्राउ गरी अनुसन्धान गरीरहेको जनाएको छ । तोडफोडका लागी वा २ ख १०५ र वा ३ ख ९०९६ नम्वरको वस प्रयोग गरीएको र प्रयोग गरीएका दुवै वस प्रहरीको नियन्त्रणमा  रहेका छन। पक्राउ परेका सवै रोल्पा,रुकुम,सल्यान,दाङ,रामेछाप वाट काठमाण्डौमा ईटा भट्टामा काम गर्न आएका वालवालीका हरु रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार