माघ २१, सुर्खेत । प्रदेश नम्बर ६ को पहिलो बैठकमा गुन्जियो राजसंस्था र हिन्दु राष्ट्र नेपाल को आवाज ।सुर्खेत को क्षेत्रीय डिभिजन सिचाइ कार्यलयमा भएको बैठक मा सबै भन्दा पहिले राप्रपा कि सभासद शोशिला शाहिले बोल्दै“६ नम्बर प्रदेश प्रकृतिक शादन श्रोतले भरिपूर्ण भयकोले यसको अधिकर्तम सदुपयोग गरि यो प्रदेशलाई देशको नमुना प्रदेश बनाउनु पर्ने बताउनु भयको छ ।शाहिले बोल्दै यो प्रदेश गरिबी र भोकमरीको चपेटामा रहेकोले यस प्रदेशलाई समृद्धि बनाउन आफु निरन्तर लागि पर्ने बताउनु भयको छ ।
बैठक मा शाहिले यो देश राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको अर्थक प्रयास बाट एकीकरण गरेको देश आज इतिहासको सबैभन्दा बढी संकटमा परेको र राष्ट्रियतामाथी बिदेशी हस्तक्षेप बडेकाेले हामी सचेत रहनु पर्ने बताउनु भयो ।
सांसद सोशीला शाहीले राम्रा काम हरुमा सधै साथ दिने र प्रदेश सरकारले गर्ने गलत काममा खवरदारी गर्ने बताइन् । उनले सर्वधर्म,समभाव र संबैधानिक राजतन्त्र पार्टीको मुल सिद्धान्त रहेको उल्लेख गर्दै प्रदेश नं ६ का जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाइन् ।