धर्म परिवर्तनले राष्ट्रियता खतरामा:मन्त्री श्रेष्ठ

 

डडेलधुरा/ निर्वाचनको समिक्षा तथा भावी रणनीतिकको बारेमा कार्यकर्ता संग अन्तक्रिर्या गर्न डडेल्धुरामा आई पुगेको राप्रपाको टोलीले डडेल्धुराका अगुवा राप्रपाका नेताकार्यकर्ताहरु संग अन्तक्रिर्या समपन्न गरेको छ।राप्रपा प्रवक्ता तथा आपूर्ति राज्यमन्त्री सुशील श्रेष्ठको प्रमुख आतिथ्यता,पुर्व मन्त्री तथा प्रवक्ता भुवन पाठक विशिस्ट आतीथ्यतामा,केस श्याम शाही,केस काली प्रसाद जोशी,युवक संगठनका केन्द्रिय सदस्य आनन्द रिसालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतीथी श्रेष्ठले हिन्दुराज्य राजसंस्थाको सान्दर्भिकता अझै रहेको विविध कारणले राप्रपा निर्वाचनमा पराजित भएता पनि कति पनि हतास र निरास नहुन कार्यकर्तालाई अव्हान गर्दै राजनैतिक जिवनमा उतारचढाव स्वाभाविक भएको र राप्रपाले विगतका कमजोरी सच्याएर अगाडि बढे पुन पार्टी बलियो भएर उदाउने भएकाले अब शसक्त रूपमा सडक बाट हिन्दुराज्यको आवाज बुलन्द पार्ने र सुनियोजित रूपमा भैरहेको धर्म परिवर्तनको अभियानले राष्ट्रियता खतरामा पर्ने भएकोले त्यो रोक्न शसक्त प्रतीकार गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको कुरा राप्रपा डडेल्धुरा अध्यक्ष टेकराज पनेरुले जानकारी गराउनु भयो।

डडेल्धुरा पश्चात् बैतडीमा पनि कार्यक्रम सम्पन्न भएको र भोलि दार्चुलामा कार्यक्रम हुने बताउनु भयो।त्यसै गरि पर्सि डोटी र २४ गते अछाममा कार्यकर्ता भेटघाट तथा अन्तक्रिर्या गरिने र फागुनको दोस्रो साता विरंगजमा हुने राष्ट्रिय परिसदको बैठकमा सबै जिल्लाका नेताकार्यकर्ताको सुझाव पेस गरि आवश्यक रणनीति तय गरिने र अब राप्रपा आक्रमक रूपमा अगाडि बढने बताउनु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार