वाघचौरमा अन्र्तराष्ट्रिय पदक प्राप्त कराते खेलाडी लाई सम्मान तथा राष्ट्रिय मेयरकप कराते प्रतियोगिताको घोषणा

 1789 पटक हेरिएको

माघ २१, सल्यान ।
प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगीता २०१८ मा विजयी हुने सल्यानका खेलाडिहरुलाइ शनिबार सम्मान गरिएको छ ।
सातदोबाटो ललितपुर काठमाडौमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगीता २०१८ मा आफ्नै खर्चले सहभागी भई १८ बर्ष माथिको सिनियर एकल काता तर्फ दोश्रो स्थान हाँसिल गर्ने र १४ बर्ष मुनिको जुनियर ७ जना खेलाडीहरुलाई पत्रकार सम्मेलन गरी सम्मान गरिएको हो ।
१८ बर्ष माथिको सिनियर एकल काता तर्फ दोश्रो स्थान हाँसिल गर्ने बागचौर नगरपालिका १० पिपलनेटा का चुडामणि के सी (मिसन) र ११ बर्ष मुनिको जुनियर एकल कातामा पहिलो हुने बा.न.पा. ७ कोटबाराका सन्जु वि.क लाइ शनिबार बागचौरमा नेपाल सितोरियो कराते डोजो संघ बागचौर सल्यानले पत्रकार सम्मेलनको आयोजना गरी सम्मान गरेको छ ।

यस्तै प्रतियोगीतामा १४ बर्ष मुनिको जुनियर ३० किलो तौल समुहमा बा.न.पा ७ कोटबार का सन्तोष बि.क प्रथम र शा.न.पा १२ काखखोला का सुनिल खड्का दोस्रो भएका थिए ।यस्तै १५ बर्ष मुनिको जुनियर ३२ किलो तौल समुह मा बा.न.पा २ माथिल्लो चिलडाले का प्रकाश बि.कले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै १३ बर्ष मुनिको जुनियर प्रतियोगीतमा ३० केजि तौल समुहका सिद्ध कुमाख गाउँपालीका ढोरचौरका रमेश रेउले र सोही ठाउँका १७ बर्ष मुनि जुनियर ४५ केजि तौल समुहका हिम शिखर रेउलेले आकर्षन खेल प्रदर्शन गरेका थिए ।
सातदोबाटो ललितपुर काठमाडौमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगीता २०१८ मा ६ वटा देशको सहभागीता रहेको थियो । जस्मा १८ बर्ष माथिको सिनियर एकल काता तर्फ बागचौर नगरपालिका १० पिपलनेटा का चुडामणि के सी ५ वटा देशका खेलाडीलाई हराएर नेपालको बि टिमको खेलाडी सँग पराजित भएर दोस्रो स्थाल हासिल गरेका थिए । केसी २०६८ साल देखि खेल क्षत्रलाई निरन्तरता दिरहेका छन ।
नेपाल सितोरिय कराते संघ डोसनका अध्यक्ष चित्र बहादुर राणाको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा बागचौर नगरपालीकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यता रहेको थियो भने नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्लाका सहईन्र्चाज कृति बहादुर पुनको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा बानपा उपप्रमुख कल्पना पुन, नेकपा माओबादी केन्द्र बागचौर संयोजक जनक घर्ति, १२ का वडा अध्यक्ष दिपक वली, ८ का रोमु साही, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
खेल क्षेत्रले जिल्लाको मान, सम्मान, ईज्जत र प्रतिष्ठा लाई सधै उचो राखि देश बिकासमा टेजा पु¥याउने नेपाल सितोरिय कराते संघ डोसनका अध्यक्ष चित्र बहादुर राणाले बताए ।
उनले जिवनका लागी मात्र नभै सल्यान जिल्लाको लागी र देशका लागी पनि केही गर्ने उदेश्यले २०६८ साल देखि बागचौर नगरपालीमा कराते खेल सन्चालनको कार्यलय स्थापना गरी खेल सिकाउने र खेलाडी उतपादन गर्दै आएको बताए ।
यसैबिच बागचौर नगरपालीका सल्यानमा प्रथम राष्टिय मेयर कप कराते प्रतियोगीता हुने भएको छ । २०७५ साल जेष्ठ महिना भित्र प्रथम राष्टिय मेयर कप कराते प्रतियोगीता आयोजना गर्न लागिएको हो ।
बागचौर नगरपालीकालाई खेल जगतमा परिचित बनाउने र खेल तथा खेलाडीको मनोबल उच्च राखि खेलाडीहरुको मान, सम्मान ईज्जत र प्रतिष्ठालाई ब्यापक बनाउने उदेश्यले खेलको आयोजना गरिएको नेपाल सितोरिय कराते संघ डोसनका अध्यक्ष चित्र बहादुर राणाले बताए । जसमा ७ वटा प्रदेशका खेलाडीको सहभागी रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार