सात दिन पहिले फुलचोकी हाईकिङ्गमा जाँदा हराएका जोन तामाङ फेला परे

काठमाण्डौ/ सात दिन पहिले फुलचोकी हाईकिङ्गमा जाँदा हराएका जोन तामाङ आज जिवित फेला परेका छन । ललितपुरको थसिखेल स्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्यनरत कुसुन्ति वस्ने वर्ष १७का अजय बिहीवार देखि हराएका थिए । तामाङ लाई आज हराएकै स्थान फुलचोकीको सेतो कखरा भन्ने ठाँउको खाल्डोमा नेपाल आर्मीले फेला पारेको हो । वुधवार लगभग साढे ५ वजे तिर नेपाल आर्मीको टोलीले फेला पारेको हो । तामाङ सात दिन देखि हराईरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार