१५ माघ । राप्ती अन्चल सार्बजनिक यातायात समितिका अध्यक्ष शुरेस हमाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यहि माघ १७, १८ र १९ गते चितवनमा हुन लागेको नेपाल यातायात व्यवसायि राष्ट्रिय महासङको पाँचौ महाधिवेशनमा लोकतान्त्रीक प्यानलका योगेन्द्र कर्माचार्यको टिमबाट महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
यातायात ब्यबसायिहरु माझ निकै लोकप्रिय हमाल यस अघि महासंघको केन्द्रीय सदस्य हुदै उपमहासचिवमा अत्याधिक मतले निर्वाचित हुनुभएको थियो । लामो समय देखि यातायात क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका युवा ब्यबसायि हमाल मानबअधिकार तथा शान्ति समाज दाङका सभापति ,भाग्य लक्ष्मि फाईनान्स कम्पनीका अध्यक्ष लगायत दर्जनौं सामाजिक सङघ सस्थाहरुमा आबद्ध रहनु भएको छ ।