सल्यान ९ माघ
सोमवार सल्यानको त्रिबेणी गाँउपालिका वडा नं ६ भान्टाखोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुका आफन्तहरु जिल्ला अस्पताल सल्यानमा शब बुझन हिजो साँझ देखी कुर्दा पनि बस समिती र प्रशासनले मंगलावार दिउसो सम्म चासो नदेखाउदा आक्रोषित बनेका छन ।
बस समिती, प्रशासन र पिडीत पक्षको छलफल पछी शब बुझ्ने भनी आएका आफन्तहरु बस समिती र प्रशासनले मंगलवार दिउसो सम्म पनि चासो नदेखाएपछि आक्रोषित बनेका हुन । उनीहरु सोमबार साँझ देखी खाना समेत नखाएर आफन्तको लास बुझ्न भोक भोकै बसेका छन ।
रुकुम बाट दाङ्गको घोराही तर्फ जाँदै गरेको कालिका मालिका यातायात प्रालीको यात्रुबाहक बस सोमबार अपरान्ह सल्यानको भान्टाखोलामा खस्दा ३ जनाको ज्यान गएको थियो भने ३० जना घाईते भएका थिए । दुर्घटनामा मृत्यु हुनेहरुमा सल्यान बागचौर नगरपालीका वडा नं १० की छन्चरी बि.क.,रुकुम मुसिकोट नगरपालीका वडा नं ६ की पुष्पा खड्का (के.सी.) र रुकुम प्युगा निबासी भिम बहादुर खड्का रहेका छन ।
मृतकहरुको शब सोमवार साँझ नै सल्यान अस्पताल ल्याई पु¥याएको भएपनि शब गृहमा शब राखे देखी एक जना सुरक्षाकर्मी समेत नराखेको पिडीतहरुको भनाई छ । यहाँ शब घरको सुरक्षामा कोही पनि छैन शब हराएमा को जिम्मेवार हुन्छ ? प्रशासन ले चासो नै देखाएको छैन पिडीत परिवारका एक सदस्यले बताए ।
हामी शब बुझ्नका लागी सोमबार नै सल्यान अस्पताल आईपुगेका हौ तर यहाँ मंगलवार दिउसो सम्म शबको पोष्ट मार्टम र अन्य प्रकृया नै सुरु भएको छैन पिडीत पक्षका दशरथ के.सी. ले भने , नत प्रशासनको उपस्थिीती छ यहाँ न त बस समिती नै हामी मात्रै कुरी रहेका छौ । पिडीत पक्षका के.सी.ले भने अब हामी यस्तै हो भने शब नबुझेर नै रुकुम फर्कन्छौ बाँकी कुरा उतै हुन्छ ।
सल्यान अस्पताल नजिक रहेको शबगृह नजिकै हिजो साँझ देखी जम्मा भएका मृतकका आफन्तहरु प्रशासन र बस समिती प्रती आक्रोशित बनेका छन ।