गजलकार पुर्ण भण्डारी पंकज को -गजल

 1129 पटक हेरिएको

पुर्ण भण्डारी ”पंकज”

प्रेम र माैसमकाे भर हुँदैन ।

परेपछि दुवैकाे डर हुँदैन ।।

अाउँछन् एक्कासि खाेई कसरी यी ।

दिन वा रातकाे प्रहर हुँदैन ।।

अापत् विपत् जेसुकै पराेस् ।

अाेत लाग्ने यिनकाे घर हुँदैन ।।

राेडपति हाेस् कि कराेडपति ।

पिछा गर्नलाई कुनै कर हुँदैन ।।

भर नपर्नु दुवैकाे कहिल्यै ।

जाने र रहने ठहर हुँदैन ।।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार