टुडिखेलमा माघि महोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचर)

 1287 पटक हेरिएको

काठमाण्डौ/ थारु राष्ट्रिय महासंघले काठमाण्डौको टुडीखेलमा भव्य थारु महोत्सव सम्पन्न गरेको छ । थारु हरुको विषेश पर्व तथा आम नेपालीले धुमधामका साथ मनाउने गरेको माघि अथार्त मकर संक्रान्तिको अवसर पारेर प्रत्यक वर्ष थारु सँग सम्वन्धित संघ संस्था हरुले काठमाण्डौमा माघि महोत्सव आयोजना गर्ने गरेका छन ।

महोत्सवमा थारु हरुको विभिन्न पहिचान र सस्कृति झल्कने भेषभुषा सँगै विभिन्न जातजातीका महिला पुरुष हरु महोत्सवमा आफनो आफनो पोशाक हरुमा सहभागी भएका थिए । महोत्सवमा थारु विषेश खाना घुंगि,ढिग्री लगाएतका खानेकुराका स्टल हरु भरीभराउ देखिन्थे ।

पछिल्लो समय माघि लाई सवै नेपाली हरुले धुमधामका साथ मनाउना थालेका छन । थारु हरुको पर्व भनिएता पनी सवै जातजातीका मानिसहरु महोत्सवमा सहभागी हुदा महोत्सव वहुजाति र वहुभाषि देखिन्थ्यो ।

काठमाण्डौमा वस्ने हरुले काठमाण्डौमा महोत्सव गरेपनी पश्चिम नेपाल तथा पुर्वि तराईका थारु समुदाय वाट हप्तादिन सम्म नाचगाँन खानपिन तथा सामाजिक काम गरेर मनाउने प्रचलन रहेको छ । उनी हरु यस यस पर्व लाई सामजिक सदभावको पर्व तथा दुख विर्सिएर रमाईलो गर्दे मनाउने गर्दछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार