एक सय चार किसानलाई पुरस्कृत गर्दै,छैठौँ सल्यान महोत्सव सकियो

 1224 पटक हेरिएको


आशिष केसी सल्यान, ३० पुस /छैठौँ सल्यान महोत्सव सकिएको छ । उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा गत पुस २६ देखि शुरु भएको बृहत कृषि, पशु, बन, उद्योग, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सवको आइतबार एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा प्रदेशसभाका लागी सल्यान क बाट निर्वाचीत सांसद् गुलावजंग शाहले देश संक्रमणकालबाट राजनीतीक स्थीरता तर्फ अघि बढेकाले कृषि, पशु र पर्यटन क्षेत्रको विकासले तीब्रता पाउने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले आफु जिल्लाको मुहार फेर्ने अभियानमा रहेको जनाउँदै किसानहरुलाइ प्रोत्साहन गर्दै जिल्लामा सफल उद्यमीहरु उत्पादन गर्नतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । यस्तै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले कृषि, पर्यटन, पशुपालन तथा व्यापार व्यवशायमा अव लगानी बढ्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारि परमानन्द घिमिरेले महोत्सव शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै जिल्लाको विकासमा सबैको हातेमालो हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा जनप्रतिनिधीहरुको तर्फबाट छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, एमालेका राम खड्की, काग्रेसका लोकेन्द्र आचार्यले पनि मन्तव्य राखेका थिए । उवासंघ सल्यानका अध्यक्ष विर बहादुर चलाउनेको अध्यक्षता र महासचिव भरत वस्नेतको सहजीकरणमा सम्पन्न कार्यक्रममा उत्कृष्ट उत्पादन राख्ने कृषकहरुलाइ पुरस्कृत गरिएको थियो ।महोत्सबको अन्तिम दिन गायक कृष्ण रेउले,भागिरथ चलाउने ले दर्सक लाई कम्मर मर्काइ मर्काइ नचाएका थिए,निशुल्क अवलोकन गर्न दिइएको महोत्सवमा ४५हजार बढिले अवलोकन गरेको अध्यक्ष चलाउनेको दाबी छ भन्ने महोत्सव अबधिभर करिब ८० लाखको कारोबारो भएको आयोजकले जानकारी दिएको छ।
महोत्सवमा उत्कृष्ट एक सय चार जना किसानलाइ पुरस्कृत गरिएको थियो । आफ्नो उत्पादन प्रदर्शनका लागी दुइ सय ४६ किसान सहभागी रहेको तथा महोत्सवमा आयोजना गरिएको भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूह क्रमशः वागचौर, वन्गाड कुपिण्डे नगरपालिका र सिद्ध कुमाख गाउँपालिकालाइ पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै लोक दोहोरि प्रतियोगीतामा शारदा नगरपालिकाको नेपाल कपडा तथा सिलाइ व्यवशायी संघ प्रथम, कपुरकोट गाउँपालिका द्धितीय र सिद्ध कुमाख गाउँपालिका तृतीय भएको सांस्कृतीक संयोजक सुदन श्रेष्टले बताए । साथै नृत्य प्रतियोगीतामा गीता राम्जा प्रथम भएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार