सल्यान/सल्यानमा छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव शुरु भएको छ ।
महोत्सवको उद्घाटन संघिय प्रतिनिधि सभाका सदस्य तथा मन्त्री टेक बहादुर बस्नेतले गरेका हुन ।
सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला र गुलावजंग शाहको पनि विशेष आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा शुभकामना दिनेहरुले यस्ता महोत्सवहरु हुने तर ती महोत्सवले पार्ने प्रभावका बारेमा जानकारी नहुने कुरातिर ध्यान दिएर मेला तथा महोत्सवहरु राख्नुपर्ने बताएका छन । पौष ३० सम्म चल्ने मेलामा ५८ वटा स्टल रहेका छन । महोस्तवमा कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने किसानका लागि स्टलहरु राखिएका छन । महोत्सबमा भोलि देखि राष्ट्रिय तथा जिल्ला स्तरिय कलाकार,दोहरी प्रतियोगिता,भलिबल प्रतियोगिताका लगायतका कार्यक्रम हुने छ।
निराजन माविमा कक्षा ८ मा पढ्ने १५ बर्षका दिपक राना, ब्राइटपर्ल एकेडेमीमा कक्षा ७ मा पढ्ने १३ बर्षका बसन्त कुमार बुढाथोकी र निराजन मावि ढोरचौरमा कक्षा ५ मा पढ्ने निरज रोकाले बनाएको नमुना हेलिकप्टरलाई मञ्चको दायाँपट्टी ठुलो स्थानमा आकर्षक भनेर राखिएको छ ।
त्यस्तै विभिन्न वन तथा बाताबरण र पर्यटन सम्बन्धी पनि स्टलहरु राखिएको छ । महोत्सवमा सल्यानका राजनीतिक दलका प्रतिनिधि र स्थानिय तहका प्रतिनिधि तथा विभिन्न संघसंस्थाहरु शुभकामना दिनु भएको थियो।
फोटो -डम्वर केसी