राप्ति समाज काठमाण्डौको सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौ/ राप्ति समाज काठमाण्डौले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी राप्ति वाट प्रतिनिधी सभा र प्रदेश सभामा विजयि संसद तथा राप्ति वाट पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने व्यक्तित्व लाई सम्मान गरेको छ ।
राजधानीको भृकुटीमण्डप स्थित महेन्द्र प्रहरी क्लवको हलमा आयोजित कार्यक्रममा उक्त सम्मान गरीएको थियो । कार्यक्रममा अधिकांश वक्ता हरुले राप्ति अञ्चल भनेर वर्तमान अवस्थामा कायम नभएपनी हिजो राप्ति अञ्चल हुदाको ५ जिल्लाको आपसी सदभाव सहिष्णुता कायमै रहेको र यसलाई अझ महत्व दिनु पर्ने कुरामा जोड दिए ।
राप्ति वाट प्रतिनिधित्व गर्दे सम्मानीत हुने संसदहरुमा, कृष्ण वहादुर महरा,वर्षमान पुन,शंकर पोख्रल,कमला रोका,प्रकाश ज्वाला,हिराचन्द्र केसी, रहेका छन त्यसैगरी पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल,सचिव उदय जिएम,केन्द्रिय सदस्य टेकराज शाही रहेका छन । त्यसैगरी लिटील मिस नेपाल विजेता यांसु श्रेष्ठ रहेका छन ।
कार्यक्रममा रापति समाजका सल्लाहकार हरु संविधानविद भिर्माजुन आचार्य,गायिका तथा नेतृ कोमल वलि,भक्तपुर क्यान्सर अस्पताल तथा चितवन मेडिकल कलेजका अध्यक्ष प्रकाश न्यौपाने लगाएत ले राप्ति समाज भित्र जोडियर अझ सकारात्मक काम हरु गर्नु  पर्ने र एकले अर्का लाई परेको मद्धत गर्नु नै यस समाज गठन को पुष्टि हुने धारणा व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष शशि शर्मा मजगैयाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी संविधानविद निलाम्वर आचार्यले गर्नु भएको थियो भने संचालन महासचिव प्रविन कुमार रेग्मी ले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार