ईन्दिरा शाहको लोक दोहरी गित ”तिम्ले गर्दा हो” वजारमा

काठमाण्डौ/ पछिल्लो समय लोक दोहोरी गित संगित आम मानिसको रोजाई वनीरहेको अवस्थामा ईन्दिरा शाहको लोक दोहोरी गित तिम्ले गर्दा हो वजारमा आएको छ । लोक दोहरीमा ईन्दिरा नौलो नाम हैन दिलकुमारी नामको एल्वम वाट लोक दाहेरीमा छिरेकी उनको यो नवौ एल्वम हो ।

निकै मिठो स्वरकी धनी ईन्दिराले यसपटक वजारमा ल्याएको गित तिम्ले गर्दा हो मा लय र स्वर चर्चित गाएक कृष्ण रेउलेको रहेको छ भने शव्द  शरद पाण्डेको  रहेको छ । गितको म्युजिक भिडियो लाई कल्पना कृयशनले वजारमा ल्याएको छ । बिक्रम चौहानद्धारा निर्देशित गीतमा प्रकाश खड्काको छायांकन, मिदन बिकको सम्पादन रहेको छ । सो गीतमा कृष्ण रेउले , दिपा थापा, रोशन तामाङ्ग र प्रिया मल्ल ठकुरीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार