दिलनाथ गिरी लाई जिल्ला अध्यक्षका पाँच आरोप

राष्टिय प्रजातन्त्र पार्टीले पार्टीको तर्फवाट सरकारमा सहभागी शहरी विकास मन्त्रि दिलनाथ गिरी लाई फिर्ता वोलाएको छ । फिर्ता वोलाउनुको कारण वारे विज्ञप्तिमा केही नखुलाईए पनि विज्ञप्ति जारी गरेको केही घण्टा भित्रै राप्रपाका डडेलधुरा जिल्ला अध्यक्ष टेकराज पनेरुले गिरी लाई फिर्ता वोलाउनुका कारण भन्दै सामाजिक संजालमा विभिन्न पाँच आरोप लगाएका छन । जो यस प्रकार छन ।

दिलनाथ गिरीलाई कार्वाही किन?
१-पार्टीको सुचना विदेशी दूतावासलाई वेच्ने गरेकोले
२-अब राजसंस्थाको एजेन्डा छोडनु पर्छ भनेर लविङ गरेकोले
३-पार्टी हितविपरीत ज्वाईलाई सचिवालयमा राखेर नेताकार्यकर्ता संग अभद्र व्यवहार गर्ने,कमाउ धन्दा गरेकोले
४-जनता आवास कार्यक्रम,आवास कंम्पनी,एकीकृत वाग्मती सभ्यता लगायतका आयोजनाहरुमा अनुचित दबाब दिएर ठेकेदार संग मिलेर भ्रष्टाचार गर्न खोजेकोले
५-आर्थिक चलखेल गरेर योग्य सक्षम सचीवलाई सरुवा गर्न खोजेकाले

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार