गजल

पुर्ण भण्डारी ”पंकज”

थोरै भयो मित्र हरु राजधानीमा पसेको छु
सृजनाका चल्ला दिन ओथारो वसेको छु ।
संवेदना स्वाभिमान वलियोथियो उतैतिर
यहाँ भने चकडीको दलदलमा फसेको छु ।
च्यातियर भुजा भयो यहाँ सच्चा मानवता
धोई पखाली सिलाउना मैले कम्मर कसेको छु ।
समयले मान्छेलाई लगाम लाउछ कहिलेकाही
वन्धनवाट मुक्ति खोेज्न अहिले घुडा धसेको छु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार