निर्वाचनमा पराजयको सम्पुर्ण जिम्मेवारी लिन्छु -कमल थापा

पहिलो पार्टी भएकोमा एमाले लाई -वधाई

राप्रपा अध्यक्ष कमल थापाले आज एक विज्ञप्ति जारी गर्दे निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्धार हरुले हार्नुमा आफु अध्यक्ष भएको नाताले नैतिक रुपमा सम्पुर्ण जिम्मेवारी आफुले लिने वताउनु भएको छ । अध्यक्ष थापाले जारी गरीएको विज्ञप्तिमा निर्वाचनको परीणामले आम कार्यकर्ता र शुभचिन्तक लाई दुख लाग्नु स्वभाविक नै हो तर पनी कार्यकर्ता हरु लाई विचलित नहुन अनुरोध गर्नु भएको छ ।
साथै चिन्ता र पिडाको यस घडिमा कत्ति पनी विचलित नभइ एकता वद्ध भई राख्न सम्पुर्ण कार्यकर्ता तथा शुभचिन्तक हरुमा अपिल गरीएको छ । यसका साथै नेपालको राजनितीमा अलग र सुस्पष्ट विचार वोकेको राष्टवादी पार्टीको औचित्य,आवश्यकता र महत्व समाप्त नभएको कुरा प्रष्ट पार्नु भएको छ । आगामी दिनमा के गर्ने भन्ने वारे गहन छलफल समेत गरीने कुरा विज्ञप्तिमा उल्लेख गरीएको छ । अध्यक्ष थापाले यस निर्वाचन वाट देशकै पहिलो पार्टी वनेकोमा ने.क.पा. एमाले लाई वधाई समेत दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार