मोटरसाईकल दुर्घटनामा एक को मृत्यु

अस्मिता गिरी/सल्यानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । शा.न.पा. २ मैसेपानीमा आज दिउसो ४ वजे भे ४ प १३०४ नं को मोटरसाईकल दुर्घटना हुदा शा.न.पा. ७ कजेरीका वर्ष ३५का दयाराम रेउलेको निधन भएको हो । मोटरसाइृकलमा सवार अर्काे एकजना उनका भाई नाता पर्ने घाईते भएका छन । मोटरसाईकलले ट्रक लाई ओभरटयाक गर्न खोज्दा विपरीत दिशामा रहेकी महिला सँग ठोक्कियर दुर्घटना भएको हो । मोटरसाईकल सँग ठोक्कियर शा.न.पा. २ मैसेपानी निवासी धनी हमाल घाईते भएकी छन । घाईते दुवै जनाको सल्यान अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार