यि हुन एमालेका अभागी उम्मेद्धार

काठमाडौँ :  माओवादीसित तालमेल गरी वाम गठबन्धन बनाउने क्रममा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत सिट बाँडफाँट गरी उम्मेदवारी दिएको थियो।

यही सहमति अनुसार एमालेले १ सय ३ क्षेत्रमा मात्र उम्मेदवारी दिएको थियो। यसमध्ये चार वटा स्थानको नतिजा घोषणा हुन बाँकी छ, चारै ठाउँमा एमाले उम्मेदवारको अग्रता छ।

एमालेका ७७ उम्मेदवार विजयी भए। तर देशभर वाम गठबन्धनको लहर चल्दा पनि २२ उम्मेदवार पराजित भए। पराजित भएका उम्मेदवारहरुमध्ये १५ जना दोस्रो स्थानमा छन् भने बाँकी ७ जना तेस्रो स्थानमा छन्। तेस्रो स्थानमा एमाले उम्मेदवार परेका पाँच जना प्रदेश नम्बर २ का हुन्। बाँकी दुई वटा क्षेत्र प्रदेश नम्बर ५ मा छन्।

यी हुन् दोस्रो स्थानमा रहेर पराजित उम्मेदवार

  • बर्दिया  १ वामदेव गौतम (पूर्व उपप्रधान तथा गृहमन्त्री)
  • काठमाडौं ४ डा. राजन भट्टराई (केन्द्रीय सदस्य)
  • रौतहट  ४ डा बंशीधर मिश्र (एमाले पोलिटब्युरो सदस्य, तीन पटक सांसद भइसकेका)
  • मोरङ्ग २ ऋषिकेश पोखरेल (मोरङ जिल्ला सचिव, अघिल्लो निर्वाचनमा मोरङ १ बाट विजयी)
  • सुनसरी ४ रमेश श्रेष्ठ (भर्खरै राप्रपा छाडेर एमाले प्रवेश गरेका, एमाले सुनसरीका सल्लाहकार)
  • उदयपुर १ मन्जुकुमारी चौधरी (पछिल्लो चुनावमा उदयपुरको क्षेत्र नं २ बाट २२ मतअन्तरले निर्वाचित)
  • सिरहा   १ गंगाप्रसाद यादव (केन्द्रीय सदस्य, २०६४ मा यही क्षेत्रबाट पराजित)
  • महोत्तरी ३ विजयकुमार चौधरी (महोत्तरीको जिल्ला कमिटी सदस्य)
  • सर्लाही  १ ध्रुवप्रसाद गौतम (पूर्व जिल्ला उपाध्यक्ष, पहिलो पटक टिकट पाएका)
  • रसुवा   १ जर्नादन ढकाल (पूर्व सांसद, जिल्ला सचिवालय सदस्य)
  • बारा १  अच्युतप्रसाद मैनाली (केन्द्रीय सल्लाहकार परिषद् सदस्य)
  • बारा ३ अदयानन्द पाण्डेय (एमाले बाराका सल्लाहकार)
  • बारा ४  देवनारायण थारु (एमाले बारा उपाध्यक्ष)
  • बाँके २  पशुपतिदयाल मिश्रा (राजपा छाडेर सूर्य चिह्नबाट लडेका)
  • कैलाली  १ मदनकुमारी शाह (एमाले केन्द्रीय सदस्य)

यी हुन् तेस्रो स्थानमा रहेर पराजित हुने उम्मेदवार

  • सप्तरी  ३ ताराकान्त चौधरी (एमाले सप्तरीको क्षेत्रीय अध्यक्ष, पछिल्लो चुनावमा सप्तरी ४ बाट विजयी)
  • सप्तरी  ४ मो. इस्लाम (केन्द्रीय सदस्य, स्थानीय तहको चुनावमा मेयरमा पनि पराजित)
  • रौतहट  २      मो. मुस्ताक आलम (पूर्व स्वास्थ्य मन्त्री, कांग्रेसबाट राजनीति सुरु, बीचमा लोकतान्त्रिक फोरममा, पछिल्लो चुनावमा फोरमबाट विजयी)
  • पर्सा    १      विचारी प्रसाद यादव (जिल्ला सदस्य, २०७० मा पर्साबाट निर्वाचित)
  • पर्सा    ३      राजकुमार गुप्ता (पर्सा कमिटी सदस्य, २०७० मा निर्वाचित)
  • रुपन्देही ४      ओमप्रकाश यादव (२०६४ मा रुपन्देही क्षेत्र नम्बर २ बाट विजयी)
  • कपिलवस्तु ३    ईश्वरदयाल मिश्र (२०६४ मा तमलोपाबाट विजयी, बीचमा राजपा, अहिले सूर्य चिह्न लिएर चुनावमा
  •                                               (पहिलो पोष्ट वाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार