विरेन्द्र प्रकाश डीसी/सल्यानी युवा संजालको आयोजनामा सल्यान जिल्लाबाट नवनिर्वाचित संघीय प्रतिनिधि सभाका सदस्य माननीय श्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यमा ६ नं प्रदेश सभा सदस्यहरु माननीय श्री प्रकाश ज्वाला र माननीय श्री गुलाब जङ्ग शाहको विशेष उपस्थितिमा आज होटल युनाइटेड श्रीनगरको सभा हलमा नवनिर्वाचित जनप्रतिनिधि हरुको लागि बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरे, दार्मा गाउँ पालिका अध्यक्ष निम बहादुर के.सि. “अरुण”, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष के.सि., कुमाख मालिका गाउँपालिका अध्यक्ष दिलमाया बुढा “सिर्जना” कालिमाटी गाउँपालिका उपाध्यक्ष सहनशिला डि.सि., नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य टेक राज शाही, नेपाली काङ्ग्रेसका युवा नेता प्रकाश भण्डारी लगायतका व्यक्तित्वहरुको महत्त्वपूर्ण उपस्थिति रहेको थियो।
कार्यक्रममा सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन बुढाथोकी र अन्य अतिथिहरुबाट सल्यान जिल्लाबाट संघीय प्रतिनिधि सभा र प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुलाई दोसल्ला र खादा ओढाएर अबिर टीका द्वारा सम्मान तथा अभिनन्दन गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि हरुको तर्फबाट छत्रेश्वरी गाउँपालीका अध्यक्ष सन्तोष के.सि. र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
नवनिर्वाचित प्रतिनिधिहरु माननीय श्री गुलाब जङ्ग शाह, माननीय श्री प्रकाश ज्वाला र माननीय श्री टेक बहादुर बस्नेतले मन्तव्यको क्रममा आआफ्ना आगामी पाँच वर्षका कार्ययोजना तथा प्रतिबद्धताहरु व्यक्त गर्दै आफुहरुलाई अमुल्य मतदान गरेर विजयी गराउनु हुने सल्यानी जनता तथा मतदाताहरुलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्नु भएको थियो।