बाजुरा- बाजुराको प्रारम्भिक मत गणना अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेस र बाम गठबन्धनका उम्मेदवारले बराबर मत ल्याएका छन् ।बाजुरामा गणना भएको ९ सय ९२ मा ४ सय ७७ कांग्रेस र बाम गठाबन्धनको पनि ४ सय ७७ नै मत आएको छ । यसैगरी, नयाँ शक्ति १३ र बदर मत २५ रहेको छ । बाजुरामा बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार चुनावी मैदानमा छन् ।